८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रपति भवन अगाडि (कुमारी आमा) निहारिकाको आत्मदाहको प्रयास



काठमाडौं । निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् ।

आफूले न्याय नपाएको भन्दै केही दिनयता उनले राष्ट्रपति भवन अगाडि गएर आत्मदाह गर्ने बताउँदै आएकी थिइन् । उनको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् ।

प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको छ । आफू १७ वर्षको हुँदा एक युवकले बतात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उनले दोषीलाई कारबाहीको माग राखेर दोस्रोपटक आमरण अनशन बसेकी हुन् ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी छन् । तर, मुद्दा विचाराधीन छ । जसकारण आफूले न्याय पाउन नसकेको र पीडित खुलमखुला हिँडेको भन्दै कारबाहीको माग राखेर उनी काठमाडौं आएर अनशन बसेकी हुन् ।

यसअघि उनको अनशन तोडाउन सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रोपटक यही २० साउनदेखि आमरण अनशन बसेकी हुन् । गत ३ असारमा गृहमन्त्री बालकृष्ण खाणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उनले अनशन तोडेकी थिइन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ०२ बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन