७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा, बच्चासहित उनलाई अनशनस्थलबाट उठायो (फोटोफिचर)



काठमाडौं । न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ ।

यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुन आमरण अनशनमा बसेकी हुन् ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ ।

जिल्ला अदालतले आरोपीलाई आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् ।

उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको उनले बारम्बार गुनासो गर्दै आएकी छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : २२ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।