११ पुस २०८२, शुक्रबार | December 26, 2025

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेपछि सुरु भएको बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पार्टी पदाधिकारी चयन एवं संगठनका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जानुअघि बसेको स्थायी समिति बैठकमा नेताहरुले यथाशिघ्र पदाधिकारीको चयन गर्नुपर्ने माग गरेका थिए । बीचमा प्रचण्ड भ्रमणका कारण माओवादीका बैठक स्थगित भएको थियो ।

बैठकमा प्रचण्डले जापान भ्रमणबारे ब्रिफिङ समेत गर्दैछन् ।

बैठकमा निर्वाचनमा सत्तागठबन्धनका सहयात्री दलहरुसँग तालमेल गर्दा पार्टीको पोजिशनलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा समेत छलफल हुनेछ ।
सत्तारुढ दलहरुले तालमेलका लागि मापदण्ड बनाउन बनाएको कार्यदलको बैठक दुई पटकसम्म बसेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ४२ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा