९ माघ २०८१, बुधबार | January 22, 2025

माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक, कार्यकारी राष्ट्रपतिको एजेण्डा ब्युँताउने



काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो। पुस ४ गतेका लागि केन्द्रीय समितिको बैठक तय गरेको माओवादीले त्यसको पूर्व तयारी स्वरुप स्थायी समितिको बैठक बोलाएको हो ।

आज बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा छलफल गर्न स्थायी समितिको बैठक राख्ने निर्णय गरेको माओवादीका सचिव देवेन्द्र दाहालले जानकारी दिए । ।

सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेको भन्दै सो सम्बन्धमा छलफल गर्न स्थायी समिति बैठक बोलाईएको माओवादीका एक नेताले बताए ।

बिहीबार बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने विषयमा छलफल भएको बैठकमा सहभागी ति नेताले बताए ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ६ : २० बजे

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९