१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्या बन्दै



बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय २७ औं नियमित एवं वर्ष २०२२/२३ को सातौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा राष्ट्रिय न्यूरो सेन्टरका निर्देशक एवं नेपाल स्ट्रोक एशोसिएशनका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा उपस्थित थिए ।

त्यस अवसरमा उनले हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्याको रुपमा देखा परिरहेको भन्दै समयमै स्वास्थ्य सचेतना अपनाउन र हेलचेक्र्याईं नगर्न आग्रह गरे । ब्रेन हेम्रेज अर्थात मस्तिष्कघातको जोखिममा सबै व्यक्तिहरु रहेको र यसको उपचार निकै जोखिमपूर्ण र खर्चिलो रहेको पनि उनले बताए ।

मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिसलगायतका नामले पनि सम्बोधन गर्ने गरिएको उनको भनाई छ । मस्तिष्क घात आपतकालीन स्थिति भएकाले यससम्बन्धी लक्षण देखिने बित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउन सकियो भने मात्रै बचाउन सकिने उनले बताए ।

डा. थापाले रोटरीले सामाजिक क्षेत्रमा गरेका काम र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको लगानीबाट आफू निकै प्रभावित भएको भन्दै आफूले पनि आफ्ना पिता पुर्खाका साथै अग्रजहरुबाट सामाजिक भावनाको पाठ सिकेको बताए । आफूले धरानमा पढ्दा रोटरी र रोट¥याक्टले गरेको काममा सहयोग गरेको स्मरण गर्दै रोटरीले गरेको कामबाट प्रभावित भएकाले आफू पनि रोटरीमा आवद्ध हुने प्रतिवद्धता व्यक्त गरे ।

आफूलाई भैरहवा र रुपन्देहीको माटोले चिनाएको र यहींको रहनसहनमा हुर्कदै अहिले न्यूरोलोजिष्ट भएकाले आफ्नो ठाउँलाई सेवा दिनका लागि आफूले हप्तामा दुईदिन भैरहवाबाट सेवा प्रदान गर्दै आएको डा. थापाले बताए ।

त्यस अवसरमा क्लवका पुर्व अध्यक्ष डा. नारायणप्रसाद पन्थ, डिआरएफसी राजेन्द्र लम्साल रोटरीयनहरु मणिरत्न पाण्डे, लालहरि पाण्डे, कृष्ण पराजुली, दया भण्डारीलगायतले विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा क्लवका प्रेसिडेन्ट इलेक्ट करुण खनालले डा. थापाको बायोडाटा प्रस्तुत गरेका थिए ।

क्लवका अध्यक्ष बोनिन पियाले क्लवले गरेका गतिविधिहरुमाथि प्रकाश पार्दै क्लवले अपाङगता भएका व्यक्तिहरुका लागि ह्वील चेअर वितरणको तयारी गरेको पनि जानकारी गराएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ५३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा