१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

निर्वाचन सुरक्षामा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दल उपयोग गर्न आयोगको सुझाव



काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरीको सट्टा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दललाई प्रयोग गर्न सरकारलाई सुझाव दिएको जनाएको छ । आइतबार आयोगले काठमाडौंबाट प्रकाशन हुने विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले पूर्व सुरक्षाकर्मी खटाउन सकिने बारे सरकारलाई सुझाव दिएको जानकारी दिए ।

उनले पूर्व सुरक्षाकर्मी तथा जनसेवा दलको प्रयोग गर्दा नयाँ कपडा खरिद गर्ने रकम बचत हुने बताए । उनले सुरक्षाका हिसावले र खर्च कम गर्ने हिसावले पनि पूर्व सुरक्षाकर्मीको प्रयोग व्यवहारिक हुने बताउँदै निर्वाचनमा आयोगको सोचाई पूर्व सुरक्षाकर्मी परिचालन गर्न पाए हुन्थ्यो भन्ने रहेको उल्लेख गरे ।

उनले राज्यसँग तालिमप्राप्त नै राष्ट्रिय सेवा दलमा करिब ३० हजार हाराहारीको जनशक्ति रहेको आयोगको जानकारीमा आएको पनि बताए । पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवादलको संख्याबाट पनि पुगेन भने गत स्थानीय तहमा भर्ना भएका तालिमप्राप्त केही म्यादीलाई पनि लिन सकिने उनको सुझाव छ ।

स्थानीय तहको निर्वाचनका बेला पनि सरकारलाई यही सुझाव दिएको थपलियाले बताए । आयोगको सुझाव भने सरकारले कार्यान्वयन गरेन । यसबारे आयोगले फेरि सरकारसँग छलफल गर्ने उनले बताए ।

गत स्थानीय तहको निर्वाचनमा झण्डै १ लाख हाराहारी म्यादी प्रहरी भर्ना भएका थिए । उनीहरुले ४० दिन सेवा गरेबापत प्रतिब्यक्ति ४३ हजार भत्ता पाएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा