१८ असार २०८३, बिहिबार | July 3, 2026

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार



नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल, बाँके शाखाले सेन्टरको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनलाई वर्ष २०८२ को कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको हो ।

वरिष्ठ पत्रकार पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर विक, केन्द्रीय सदस्य सिराज खान र पूर्वकेन्द्रीय सदस्य डा डक्टप्रसाद धितालले संयुक्त रूपमा रु ३० हजार राशिको पुरस्कार हस्तान्तरण गरे ।

पत्रकार पिटरले सेन्टरले आफूलाई सम्मान गरेर ठूलो जिम्मेवारीको भारी बोकाएको बताउँदै स्व कृष्णसेन इच्छुकसँग बिताएका समय र अनुभवहरू स्मरण गरे । उनले जनपक्षीय पत्रकारिता अझै पनि जसरी हुनुपर्नेमा त्यसरी नभएको भन्दै उनले जनपक्षीय पत्रकारिता सशक्त बनाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विकले धेरै छलफल र विचारविमर्शपछि मात्र यो पुरस्कारका लागि वरिष्ठ पत्रकार पिटरलाई छनोट गरिएको जानकारी दिए । सेन्टरका पूर्वकेन्द्रीय सदस्य डा धितालले लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारलाई सेन्टरले सम्मान गरेर उत्कृष्ट कार्य गरेको बताए । सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहोराको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : १० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले