१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

ट्राफिक प्रहरीको स्कुल बस चेकिङ : बिहानै मापसे गरेर स्कुल बस चलाउँछन् चालकहरु



काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस चलाउने चालकहरुले नै बिहानै मादक पदार्थ सेवन गरेर बस चलाउने गरेको जनाएको छ । ट्राफिक प्रहरीले आज बिहानै मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई नियन्त्रणमा लिएसँगै स्कुल बस चलाउने चालकहरुले बिहानै मापसे गर्ने गरेको पुष्टि भएको हो ।

आज बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका स्कुलबसका चालकहरु कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बस चालक ईन्द्र बहादुर श्रेष्ठ , बा १ क ९४५६ नम्बरको टाईम ईन्टरनेशनल कलेजका बस चालक राज कुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बस चालक साङ्गेल शेर्पा रहेका छन । त्यस्तै बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका भ्यान चालक शिव कुमार क्षेत्री , बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र द्यब्द्य ण्ण्टद्ध नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भिमसेन नेपाली रहेका छन ।

ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ । हाल सम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन । जस मध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरि सकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ४९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग