५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आठ करोड मतपत्र छापिँदै



काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ ।

आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए ।

‘एक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नेगरी ८ करोड मतपत्र छाप्नेगरी आयोगले तयारी गरिरहेको छ, एउटा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र र अर्कोमा सोहीबमोजिम दुईवटा गरी चारवटा मतपत्र रहन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगले दुवै निर्वाचनका लागि प्रत्यक्ष तर्फ २/२ करोड गरी ४ करोड र समानुपातिकतर्फ पनि २÷२ करोड गरी ४ करोड गरी कुल ८ करोड मतपत्र छाप्नेछ ।

नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहनेगरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय १० जना गरी प्रतिनिधि सभामा कुल २ सय ७५ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

यसैगरी, प्रदेश सभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी नेपालका सातवटै प्रदेशमा गरी प्रदेश सभामा कुल ५ सय ५० सदस्य रहने व्यवस्था छ ।

आयोगका प्रमुख आयुक्त थपलियाले प्रत्यक्षतर्फको निर्वाचनका लागि जुन निर्वाचन क्षेत्रमा जुन दलका उम्मेदवार कायम रहन्छन् ती दलका मात्रै निर्वाचन चिह्न हुनेसमेत बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न भने मतपत्रमा नराखिने उनले बताएका हुन् ।

‘जुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जसको उम्मेदवार छन् उनीहरूको चिह्न मतपत्रमा हुन्छ, उम्मेदवार नहुनेको चिह्न हुँदैन,’ प्रमुख आयुक्त थपलियाले अघि भने ।

प्रमुख आयुक्त थपलियाले आइतबार ललितपुरको हिमालय होटलमा आयोजित निर्वाचन आयोग र सम्पादकसँगको अन्तत्र्रिmयामासमेत सो धारणा राखेका थिए । मतपत्रमा सो किसिमको व्यवस्था गर्दा बदर मत घट्ने आयोगको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा भने उम्मेदवार नउठेका दलको निर्वाचन चिह्नसमेत मतपत्रमा थियो । सोही कारण बदर मत बढेको भन्दै आयोगको आलोचना भएको थियो । सत्ता गठबन्धनले समेत तालमेल गरेका ठाउँमा उम्मेदवार नभएको दलको चिह्न मतपत्रमा राखिएको भन्दै आयोगको आलोचना गरेको थियो ।

आयोगले २ असोजमा दलले उम्मेदवारको बन्दसूची आयोगमा बुझाएपछि ३÷४ असोजबाट मतपत्रको छपाइ सुरु गर्ने योजना बनाएको छ ।

आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् । यो संख्या यसपटक ५ लाख बढ्ने आयोगको अनुमान छ । आयोगले नामावलीमा नाम दर्ता भएका र ३ मंसिरमा १८ वर्ष पुग्ने मतदातालाई मात्र निर्वाचन प्रक्रियामा हुने मतदानमा सहभागी गराउनेछ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं