५ श्रावण २०८३, मंगलबार | July 22, 2026

काठमाडौंको फोहोर व्यवस्थापनमा सकस



काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रकलाई आइतबार काठमाडौं तारकेश्वर नगरपालिका-३ का स्थानीयले नै अवरोध गरे । खानेपानीको मुहानमा फोहोर फालेको भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएको गाडी बाटैमा रोकिए ।

फोहोर फाल्नेहरूलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपर बन्चरेडाँडा जान रोकिएका थिए । फोहोर हटाउने र जनप्रतिनिधि तथा प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालकको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढेपछि अवरोध हट्यो ।

काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट बाख्रा मरेको भन्दै आइतबार नै फेरि अवरोध सिर्जना भयो । बाख्राको क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि फोहोर बोकेका ट्रकबीच बाटैमा रोकिएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बन्चरेडाँडामा स्काभेटर नभई फोहोर फाल्न नसक्ने अवस्था रहेको र सोमबार बिहान मात्र स्काभेटर पुगेपछि फोहोर विसर्जन थालिने बताए । उनका अनुसार फोहोर बोकेका १ सयवटा टिपर अहिले बाटोमा नै रोकिएका छन् ।

स्काभेटर पुगेपछि फोहोर विसर्जन सुरु गरिने महानगरपालिकाले जनाएपछि सोमबार फोहोर बोकेका गाडी बन्चरेडाँडा पुग्न सक्नेमा भने अझै शंका बाँकी नै छन् ।

धादिङको धुनिवेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेपछि समस्या बढ्ने देखिएको हो ।

उनीहरूले स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलनपश्चात् काठमाडौं महानगरलगायत राज्यको विभिन्न अंगसँग पटकपटक गरेर अहिलेसम्म १ सय ७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको जनाएका छन् । विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय बासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको समेत उनीहरूको भनाइ छ ।

काठमाडौं महानगरका प्रवक्ता मानन्धरले तीन दलको विषयमा महानगरसँग आधिकारिक कुनै पत्र तथा जानकारी नआएको बताए । ‘स्काभेटर पुगेपछि सोमबारदेखि बन्चरेडाँडामा फोहोर फाल्न थालिन्छ, अहिलेसम्म अवरोध केही आएको छैन, भोलि (सोमबार) के हुन्छ भन्न सकिन्न,’ उनले भने । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं