२० मंसिर २०८२, शनिबार | December 6, 2025

तातोपानीका मुहानैमुहान



रुकुमपूर्व । रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन् । विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन् । पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन् । सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ । यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ । पुथाउत्तरगङ्गा-१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा-३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन ।

जिल्लामा यति धेरै तातोपानी मुहान हुँदा पनि पर्यटन प्रवद्र्धनका निम्ति र संरक्षणमा सरकारले चासो नदेखाएको गुनासो पुथाउत्तरगङ्गा १३ का तेजेन्द्र श्रीर्पालीले गरे । “संरक्षणका लागि बजेट आउँछ” उनले भने- “तर दीर्घकालीन योजनासाथ सरकार अघि बढ्न नसक्दा संरक्षणको काम टालटुले मात्र हुने गरेको छ ।” श्रीर्पाली मात्र नभई यहाँका स्थानीयवासीले जिल्लामा तातोपानीको मुहान धेरै ठाउँमा भए पनि संरक्षणमा सरकारको चासो कम भएको भनी गुनासो गर्ने गरेका छन् ।

पुथाउत्तरगङ्गा गाउँपालिकाले स्वास्थ्य पर्यटनका लागि यी मुहानको संरक्षण र प्रचारप्रसारको प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय