१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

वाणिज्य बैंकको १ खर्ब २० अर्ब प्रणालीबाहिर



काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो ।

असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७ साउनसम्ममा ४४ खर्ब २१ अर्ब मात्र बाँकी छ । निक्षेपमा सवा खर्ब बेपत्ता हुँदा कर्जामा भने असार मसान्तजतिकै रहेको छ । असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा साउन अन्तिम सातासम्ममा पनि ४१ खर्ब ७५ अर्ब नै निक्षेप रहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार पछिल्ला दिन बैंकिङ सिस्टमबाट निक्षेप घटिरहेको छ । निक्षेप घटे पनि कर्जा प्रवाह भने बढेको छ । एक सातालाई मात्र हिसाब गर्ने हो भने वाणिज्य बैंकमा अघिल्लो साता निक्षेप २५ अर्ब ५९ करोड रुपैयाँ घटेको छ । २० साउनसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ४६ अर्ब निक्षेप रहेकोमा २७ साउनमा घटेर ४४ खर्ब २१ अर्ब कायम भएको छ ।

एक महिनामा ठूलो मात्रामा निक्षेप रकम बाहिरिएकाले यसले बैंकहरूमा तरलता समस्या निम्तिने जोखिम बढ्न थालेको छ । साउन पहिलो साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौथो साता २५ अर्ब निक्षेप घटेको देखिएको छ । यो चार साताको अवधिमा बैंकहरूको कर्जा प्रवाह भने स्थिर छ ।

असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा २८ साउनमा पनि त्यति नै कायम भएको छ । निक्षेप घट्नुको प्रमुख कारणमध्ये सहकारीबाट निक्षेप फिर्ता माग्नु रहेको प्रारम्भिक अनुमान छ ।

राष्ट्र बैंकले घरजग्गामा कडाइ गर्दै ३० प्रतिशत मात्र मूल्यांकनका आधारमा नयाँ कर्जा र कर्जा नवीकरण गर्न सकिने मौद्रिक नीतिमा व्यवस्था गरेपछि कर्जा तिर्न बैंक तथा वित्तीय संस्थाले बचत फिर्ता माग्न थालेका छन् । बचत फिर्ता माग्दा सहकारीले दिन नसकेपछि तिनका सञ्चालक बेपत्ता हुन थालेका छन् । सहकारी लथालिंग हुन थालेपछि जनताले घरमै मुद्रा थन्क्याउनेक्रम बढाएकाले निक्षेप घटेको बताइन्छ ।

एक साताबीच विदेशी मुद्रामा १ अर्ब निक्षेप बढेको देखिएको छ । नेपाली मुद्रामा भने गत सातासम्म ४३ खर्ब ३९ अर्ब निक्षेप जम्मा भएको थियो भने अघिल्लो साता अर्थात् २७ साउनसम्ममा ४३ खर्ब १२ अर्ब निक्षेप संकलन भएको थियो ।

गत साता कर्जा वृद्धि

गत सातासम्ममा ४१ खर्ब ६६ अर्ब कर्जा प्रवाह भएकोमा अहिले ४१ खर्ब ७५ अर्ब कर्जा वृद्धि भएको देखिएको छ । वाणिज्य बैंकहरूले यो साता विदेशी मुद्रामा कर्जा लगानी गरेको देखिएको छैन ।

अघिल्लो साता पनि ३० अर्ब नै विदेशी मुद्रामा कर्जा रहेकोमा ३० अर्ब नै विदेशी मुद्रा कर्जा देखिएको छ । गत साता वाणिज्य बैंकहरूमा १ अर्ब विदेशी मुद्रा संकलन भएकोमा कर्जा भने बाहिरिएको देखिँदैन ।

बैंंकहरूमा कर्जा बढी गएर निक्षेप घटे पनि सीडी रेसियो भने कन्ट्रोलमा नै रहेको छ । गत २७ साउनसम्म वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.३५ प्रतिशत कायम छ ।

भदौमा पनि ब्याजदर नबढ्ने

भदौमा पनि वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राख्ने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न बैठकले भदौमा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरूले भदौमा पनि साउनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् । उनीहरूले गत फागुनदेखि मुद्दती निक्षेपको ब्याजदर बढाएका छैनन् ।

वाणिज्य बैंकहरूले व्यक्तिगततर्फ ब्याजदर नबढाए पनि संस्थागततर्फको निक्षेपको ब्याजदर भने घटाउने भएका छन् । हाल, बैंकहरूले निक्षेपमा अधिकत्तम ११ दशमलव शून्य ३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगतभन्दा संस्थागततर्फको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि, यस्तो अन्तर १ प्रतिशत मात्र थियो । २ प्रतिशत अन्तर हुने भएपछि संस्थागत ब्याजदर घट्ने भएको हो ।

निक्षेपमा अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत नै कायम हुने भएपछि संस्थागत ब्याजदर भने ९ दशमलव शून्य ३ प्रतिशत हुनेछ ।

रेमिट्यान्स खातामा भने बैंकहरूले अधिकत्तम ब्याजदरको १ प्रतिशतभन्दा बढी दिन पाउने व्यवस्था छ । यसअनुसार १२ दशमलव शून्य ३ प्रतिशत ब्याजदर ग्राहकले पाउनेछन् । नयाँ महिना सुरु हुनुअघि नै बैंकहरूले ब्याजदर जानकारी गराउनुपर्ने व्यवस्था छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ५६ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट