१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

दाङमा २५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो



दाङ । दाङमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।

७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताए । लमही नगरपालिका(९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका(७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो ।

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए ।

लमही नगरपालिका( ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  २ : १४ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज