८ पुस २०८२, मंगलबार | December 23, 2025

मेडिको फयुजनमा प्रकाश बस्नेत



बुटवल । रोटरी क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको वर्ष २०२२/२०२३ का लागि अध्यक्ष डा प्रकाश बस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन । क्लबको शुक्रबार साझ भएको दोस्रो पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष सन्तोष पोखरेलले पद हस्तान्तरण गरेका हुन ।

एक कार्यक्रमकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले नव निर्वाचित अध्यक्षलाई गोपनियताको सपथ, रोटरी पिन लगाई दिएका थिए । यसैगरि उनले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई समेत पदको गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बस्नेतले बालिका शिक्षा, क्यान्सर परिक्षण, स्वस्थ्य शिविर जस्ता कार्यक्रमलाई आफ्नो कार्यकालमा जोड दिने प्रतिवद्घता जनाए । क्लब स्थापनाको दुई वर्षको छोटो अवधिमा धेरै रचनात्मक कामहरु भएको भन्दै उनले यो अवधिमा शिक्षा र स्वस्थ्यको क्षेत्रमा प्राथमिकता दिएर काम गरेको दाबी गरे ।

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिजि ईलेक्ट राजेन्द्रप्रसाद ध्वजु, आरआरएफसी तथा पिडिजि बासुदेव गोल्यान, एआरआरएफसी तथा पिडिजि सन्जय गिरी, डिजिएन राजेन्द्रमान शेरचनले समाजका रहेका विविध पेशा, ब्यवसायमा आवद्घ भएका अगुवाहरु संस्थागत रुपमा सामाजिक विकासको क्षेत्रमा लाग्नु उदाहरणीय भएको बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट अप्सरा नेपालले रोटरी ईन्टरनेश्नलको उद्देश्य अनुसार सामाजिक कार्यमा अग्रसर संस्थाका अगुवाहरु फोर वे टेष्टको मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताईन ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १० : ०३ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक