३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मेडिको फयुजनमा प्रकाश बस्नेत



बुटवल । रोटरी क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको वर्ष २०२२/२०२३ का लागि अध्यक्ष डा प्रकाश बस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन । क्लबको शुक्रबार साझ भएको दोस्रो पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष सन्तोष पोखरेलले पद हस्तान्तरण गरेका हुन ।

एक कार्यक्रमकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले नव निर्वाचित अध्यक्षलाई गोपनियताको सपथ, रोटरी पिन लगाई दिएका थिए । यसैगरि उनले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई समेत पदको गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बस्नेतले बालिका शिक्षा, क्यान्सर परिक्षण, स्वस्थ्य शिविर जस्ता कार्यक्रमलाई आफ्नो कार्यकालमा जोड दिने प्रतिवद्घता जनाए । क्लब स्थापनाको दुई वर्षको छोटो अवधिमा धेरै रचनात्मक कामहरु भएको भन्दै उनले यो अवधिमा शिक्षा र स्वस्थ्यको क्षेत्रमा प्राथमिकता दिएर काम गरेको दाबी गरे ।

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिजि ईलेक्ट राजेन्द्रप्रसाद ध्वजु, आरआरएफसी तथा पिडिजि बासुदेव गोल्यान, एआरआरएफसी तथा पिडिजि सन्जय गिरी, डिजिएन राजेन्द्रमान शेरचनले समाजका रहेका विविध पेशा, ब्यवसायमा आवद्घ भएका अगुवाहरु संस्थागत रुपमा सामाजिक विकासको क्षेत्रमा लाग्नु उदाहरणीय भएको बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट अप्सरा नेपालले रोटरी ईन्टरनेश्नलको उद्देश्य अनुसार सामाजिक कार्यमा अग्रसर संस्थाका अगुवाहरु फोर वे टेष्टको मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताईन ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १० : ०३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित