१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भन्सारको नाम देखाउँदै ठग्दै



काठमाडौं । झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो ।

प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु-याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो ।

एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५ नम्बरबाट विभिन्न व्यक्तिलाई ह्वाट्स एपमार्फत सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको र भन्सार शुल्क चुक्ता गरेपछि घरमै सामान आइपुग्ने भन्दै तस्बिरसहितको सन्देश पठाइएको थियो ।

अझ विदेशबाट कसैले नेपालीको नाममा सामान पठाएको र उक्त सामान आफूले विमानस्थलसम्म पु-याइदिएको भन्दै भन्सार चुक्ताका लागि एकाउन्ट नम्बर उल्लेख गरेर पनि ह्वाट्स एपमार्फत धेरैलाई सन्देश पुगेको थियो ।

भन्सार विभागकै नाम तथा लोगो अङ्कित भएपछि सम्पर्कमा आएका कतिपयले यसलाई सत्य ठानेर थप कुराकानी र रकम भुक्तानीको प्रक्रियाका विषयमा सोधपुछसमेत गरेका थिए । तर यी कुनै पनि किसिमका गतिविधि भन्सार विभागबाट भने भएका थिएनन् । भन्सार विभागले कुनै पनि व्यक्तिलाई सम्पर्क गरेर सामान घरमै पु-याइदिने र त्यसबाट भन्सार चुक्ता गर्न सन्देश पठाउँदैन । न त भन्सार विभागको कुनै ह्वाट्स एप नम्बर नै छ ।

सामान पु-याउने र त्यसबापत थप रकम दिने काम त विभागबाट झनै हुँदैन । यी सबै गतिविधि पछिल्लो समय भन्सार विभागको नाम लिएर गरिने ठगीका नयाँ प्रवृत्तिमात्र हुन् । अहिले भन्सारको नाममा पैसा मागेर ठगी गर्ने प्रवृत्ति मौलाउँदो छ । आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ६ : ५० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो