१९ पुस २०८२, शनिबार | January 3, 2026

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे काठमाडौंमा सम्मेलन हुने



काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले अन्तराष्ट्रिय सम्मेलनबारे जानकारी दिएका हुन् । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् भने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समापन गर्नेछन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका ७० जना विज्ञहरू सहभागी हुने जानकारी दिइएको छ । जसमध्ये भारतबाट ३८ जना विज्ञ आउनेछन् ।

पत्रकार सम्मेलनमा डा. अधिकारीले भने, ‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’

नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनय कुमार मिश्रले जानकारी दिए । सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १ : २९ बजे

नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

नवलपुर । नवलपुरको यातायात ब्यवस्था कार्यलयमा सवारी साधन जाँचपास प्रक्रियामै

पोखरा-मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको