४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल बन्दको प्रभाव रुपन्देहीमा सामान्य, गुडन थाले सवारीसाधन खुल्न थाले पसल



बुटवल । रुपन्देहीमा नेपाल बन्दको प्रभाव सामान्य परेको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको रुपन्देहीमामा सामान्य प्रभाव परेको हो ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार रुपन्देहीमा बन्द प्रभाव यात्रुवाहक सार्वजनिक सवारीसाधनमा परेको भएपनि निजी सवारी साधन चल्न सुरु गरेका छन् । भित्री बजारका पसलहरु छिटफुट रुपमा खुल्न थालेका छन ।

नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा ४ पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्द गरिए पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।  बिहानैबाट बुटवलमा बन्दको सामान्य प्रभाव छ ।

लामो दूरीका सार्वजनिक सवारी चलेका छैनन्, मुख्य बजार र स्कूल बन्द छन् ।

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ९ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको