२५ माघ २०८२, आइतबार | February 8, 2026

१० बर्ष पछि बिओके र हिमालयन बैंकले पाए चीनमा फसेको रकम फिर्ता



काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन ।

गत १५ साउनमा चिनिया अदालतवाट मुद्दा जितेको २० दिनपछि मंगलवार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन ।

चिनिया अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलवार फिर्ता पठाएको छ। जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जनासहित रकम फिर्ता पाएको छ भने हिमालयन ७० करोड रुपैयाँ फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धी मुद्धामा चिनिया अदालतले हिमालय र बिओकेको पक्षमा १५ साउनमा फैसाला सुनाएको थियो । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनिया तल्लो अदालतवाट जिते पनि उच्च अदालतमा जानु पर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन । तर, १५ साउनमा चिनिया अदालतमा अन्तिम फैसाला भएसँगै दुबै नेपाली बैंकलाई चिनिया कन्ट्रक्सन बैंकवाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुबै बैंकले चिनिया अदालतमा मुद्धा दायर गरेका थिए । जसको अन्तिम फैसाला चिनिया अदालतमा १५ साउनमा भएको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ८ : ३५ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको