१९ बैशाख २०८१, बुधबार | May 1, 2024

१० वटा ठेकेदार कम्पनी कालोसूचीमा पर्दा बुटवलको सडक ठेकेदारले पाए उन्मुक्ति



बुटवल । ठेक्का सम्झौता गरेर सम्झौता अनुसारको समयमा काम सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायीलाई कालोसूचीमा दर्ज गरिँदा बुटवल बेलहिया सडकलाई अलपत्र पार्ने ठेकेदार कम्पनीले भने उन्मुक्ति पाएको छ । पटक–पटक सूचना जारी गर्दा पनि बेवास्ता गर्ने १० ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको सूचना प्रकाशित हुँदा बुटवलमा सडक अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीको सूचनामा परेका छैनन् ।

ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कारबाहीसहित सूची सार्वजनिक गरेको हो ।

लामो समयदेखि आलोचना खेपेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेत कालो सूचीमा परेको छ । अनुगमन कार्यालयले बुधबार सार्वजनिक गरिएको सूचना अनुसार अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लागाइएको छ ।

दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको अनुगमन कार्यालयले प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशित सूचनामा बुटवल बेलहिया सडकमा लापरवाही गर्ने द कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिको नाम भने छैन । सडक बिभागले सो कम्पनीलाई उन्मुक्ति दिने योजना अन्तर्गत कालोसूचकिा लागि सिफारिस नगरेपछि ठेकेदारले उन्मुक्ति पाएको हो ।

बुटवल उपमहानगरपालिकाले राखेको एक छलफलमा बिभागका उपनिर्देशक दिपक श्रेष्ठले खरीद ऐनको १२ औ संशोधनको कारवाही गर्न नकिल्ने तर्क गरेका थिए । उनले सूक्ष्म अनुगमन गर्दै काम गर्न दिएर एक पटकलाई म्याद थपिदिने संकेत गर्दै ठेकेदारको बचाउको पक्षमा धारणा राखेका थिए ।

ऐनको संशोधनमा उल्लेख भएको ऐन जारी भएको २१ दिन भित्र ठेकेदार कम्पनीले निबेदन नदिएमा र लगातार ६ महिना काम नगरी काममा लापरवाही गरेको अवस्थामा बाहेक ठेक्का सिधै खारेज गर्न नकिल्ने बिभागको तर्क छ । यस अघि २ पटक म्याद थप्दा र स्थानीय प्रशासनले पटक पटक लिखित ताकेता गर्दा समेत अटेर गरेर बसेका ठेकेदारलाई ए्ेन देखाएर बचाउन नहुने उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउँदै आएका छन् । स्थानीय प्रशासनको निर्देशनको अवज्ञा, पटक पटक म्याद गुजार्नु र बिभाग अन्तर्गतको परियोजनाले ठेक्का किन खारेज नगर्ने ? भनेर स्पष्टिकरण सोधिसकेको अवस्थामा ऐनले कालोसूचीमा राख्न र ठेक्का खारेज गर्न नरोक्ने पाण्डेको भनाई छ ।

बुटवल बेलहिया सडकको ३ स्थानमा काम अलपत्र पार्ने ठेकेदारको बिषयमा के भईरहेको छ भन्ने जिज्ञासामा बुटवल बेलहिया व्यापारीक सडक परियोजनाकी सूचना अधिकृत सबिता ज्ञवालीले बिभागका उपमहानिर्देक श्रेष्ठले भाद्र महिनाभरी कडा अनुगमनमा राखेर काम गराउने निर्देशन दिएको जानकारी दिईन् । अन्य निर्णय भएको विषयमा बिभागबाट कुनै जानकारी नआएको उनले बताईन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : ३३ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७