२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सालकको नौ किलो खपटासहित तीन जना पक्राउ



काभ्रे । संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ का २६ वर्षका सुरज झेडीमगर र महाभारत गाउँपालिका-७ का २५ वर्षीय विमान स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

उनीहरुलाई बनेपा नगरपालिका-६ को २८ किलोस्थित स्वागत क्याफेमा नौ किलो खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको न्यौपानेले बताए ।

पक्राउ गरिएका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ७ : ४८ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ