२४ माघ २०८२, शनिबार | February 7, 2026

बाँकेको तीनवटै क्षेत्रमा कांग्रेस बाँकेको दाबी, नेपालगन्जमा त्रिपक्षिय प्रतिस्पर्धा हुने



नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने गरि लबिङ शुरु गरेको छ । कांग्रेस बाँकेले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै बाँकेमा एक्लै लड्दा पनि सबै निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गर्दै एकल प्रतिस्पर्धाका लागि लबिङ शुरु गरेको हो ।

गठबन्धनबाट बाँकेको १ वा ३ नम्बर निर्वाचन क्षेत्रमात्र पाउने आंकलन गरिएका बेला कांग्रेस बाँकेले पार्टी केन्द्रलाई दवाव दिन पत्रकार सम्मेलन नै गरेर तीनवटै निर्वाचन क्षेत्रमा जित्न सकिने दाबी प्रस्तुत गरेको हो । गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीलाई दिने लगभग पक्का छ । सोही अनुसार जसपाबाट हाल भौतिक पूर्वाधार मनत्री रहेको मोहम्मद इस्तियाक राइन्ले चुनावी प्रचार शुरु गरिसकेका छन् ।

पत्रकार सममेलनमा बोल्दै कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्थानीय तहको निर्वाचनको मतका आधारमा पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा विजयी हुने देखिएको बताउदै केन्द्रमा एक्लै चुनाव लड्न लबिङ गरिरहेको जानकारी दिए । उनले चुनाव जित्न सहज भएपनि केन्द्रले गठबन्धन गर्ने सहमति गरिसकेको र त्यही अनुसार जिल्लामा निर्देशन आएको अवस्थामा भने पार्टी जिल्लाले स्विकार गर्ने बताए ।

कांग्रेसकै एउटा समुह भने नेपालगन्ज पूर्व सभापति सुशिल कोईरालाको गृह नगर भएकाले क्षेत्र नम्बर २ कांग्रेसले छाड्न नहुने अडानमा छ । बाँके क्षेत्र नम्बर २ मा मुलतः राप्रपा उपाध्यक्ष धवल शम्शेर राणा र जसपाका इस्तियाक राइनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । उता भारतीय शिव सेनाका बाल ठाकरेको आशिर्वाद पाएका शिवसेना नेपालका नेता दिवाकर खनाल पनि बाँकेको क्षेत्र नमबर २ बाटै चुनावी प्रतिस्पर्धामा उत्रने घोषणा गरिसकेका छन् ।

पत्रकार सममेलनमा कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियान पनि शुरु गरेको जानकारी दिएको थियो ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ५ : ५९ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको