१४ भदौ २०८३, आइतबार | August 31, 2026

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’



नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगन्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गरे । उनले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखे ।

“कांग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ”, उपसभापति गुरुङले भने, “त्यसको अभाव हुँदा निर्वाचनमा हामीले तीतो अनुभव बटुल्दै आएका छौँ । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।” कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाइ छ ।

“कांग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे बहस गर्नसक्ने क्षमता जगाउन तालिम, सीप विकासका लागि यस्ता प्रशिक्षण आवश्यक छ”, उनले भने, “जसले गर्दा पार्टीलाई बलियो र जनता केन्द्रित बनाउँछ ।”

उपसापति गुरुङले आपसी समन्वय र सहकार्यमार्फत जनचाहनाअनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । “राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ”, उनले भने, “समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिँदैन । पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु जरुरी छ ।”

कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले कांग्रेस बाँकेले कार्यकर्तालाई प्रशिक्षित बनाउँदै लगेको बताउँदै पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराइने उल्लेख गरे । उनले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आफूहरू लागिपरेको बताए ।

प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठलगायत नेताको उपस्थिति छ ।

प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरू, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्षसहित करिब ३५० जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिइन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास’ र ‘साङ्गठानिक अवस्था र सङ्गठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’, विश्वदीप लामिछाने ‘सङ्गठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तीर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, डा जगदीशचन्द्र पोख्रेलले ‘लोकतान्त्रिक समाजवादः नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा’ र डा सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशिलता’का विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  २ : ३४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति