१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रदेश र संघीय चुनावमा गठबन्धनले स्थानीयतहको कमजोरीबाट शिक्षा लिन्छ : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीयतह निर्वाचनमा गठबन्धन कमजोर भएको स्विकार गरेका छन् । लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य र जिल्ला ईन्चार्जहरुको बैठकलाई सम्बोधन गर्न बुटवल पुगेका प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्थानीय निर्वाचनमा गठबन्धन कमजोर भएको स्विकार गरेका हुन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन प्रभावकारी नभएपनि देश दुर्घटनामा जानबाट गठबन्धनले बचाएको बताए । उनले देश ठुलो दुर्घटनामा जानै लागेका बेला गठबन्धन भएका कारण देश दुर्घटनाबाट बचाएको दाबी गरे । ‘गठबन्धन र तालमेल भन्या जस्तो नभएपनि गठबन्धन र गठबन्धन सरकारकै कारण स्थानीय तह निर्वाचन सफल बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संबिधानसभा पछिको दोस्रो प्रक्रियामा प्रवेश गराएको छ ।’ उनले भने, ‘यो ठुलो सफलता मान्नु होला, देशलाई ठुलो दुर्घटनाबाट बचाउन गठबन्धनको भूमिका रह्यो ।’

प्रचण्डले स्थानीय तह निर्वाचनमा राम्रो हुन नसकेको तालमेलबाट शिक्षा लिएर प्रदेश र संघको निर्वाचन सफल बनाउने दाबी गरे । बैठकमा सहभागी हुन प्रचण्ड प्रधानमन्त्री देउवासँगै एउटै हेलिकप्टरमा बुटवल पुगेका थिए ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ४ : ५८ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न