८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेवारलाई हेप्न मिल्छ तर नेवा: संस्कृति र सभ्यतालाई अपमान गर्न मिल्दैन



– हालै एकजना नाम थाह नभएका कमेडियनले नेवा: संस्कृति र नेवा चरित्रमाथि व्यँग्य गर्दै कमेडी प्रस्तुत गरेछन् , नराम्रो होइन त्यो काम निकृष्ट हो भनेर म घोर भत्र्सना गर्दछु ।
– कमेडीका नाममा हँसाउने भन्दै स्ल्यापस्टिक कमेडी , क्यारिकेचर गर्ने अनि स्पिन अफ कमेडी गर्ने एउटा वाहिता शृँखला चल्दै आएको छ , यो हाम्रो कलात्मक अज्ञानता र अध्ययन (रिफ्रेसमेन्ट कोर्स) को अभावले हो । कान्तिपुर टेलिभिजनमा लामो समयदेखि एउटा सिरीयलमा एक महिलालाई हाकु पटासी लगाइदिएर अशुद्ध नेपाली बोल्ने महिला (नेवारनी) का रुपमा देखाइयो , त्यसवेला पनि काठमाडौंका नेवारले आपत्ति जनाएनन् , त्यो दुवैको बदमाशी टीभी चलाउने साहूको पनि अनि सिरीयल बनाउने सर्जकको पनि ।
– कमेडी गर्नेहरुले नबुझेको कुरा । कमेडी भनेको अभिनयको नवरस मध्ये एक रस हास्य रस हो , यसमा रसको काव्य हुनुपर्छ ताकि यसमा नक्कल, बाजारुपन वा भद्दा देखिने कुनै कला होस् ।
– रह्यो कुरा , नेवार र नेवा सभ्यतामाथिको कटाक्ष ।

लेखक

नेवार जाति हो , नेवा: संस्कृति हो
नेवा संस्कृति विश्वको सबैभन्दा सर्वप्राचीन संस्कृति हो । फ्रान्सले आफूलाई शक्तिशाली संस्कृतिका हिमायती ठान्छ भने फ्रान्सकै लेखक आन्द्रे जिडले काठमाडौंको नेवाः संस्कृतिलाई सम्मान गर्दै आफ्नो पुस्तक ‘दी इम्मोरलिस्ट’ मा सम्मानपूर्वक लेखेका छन् । स्वीडिश लेखक इन्डीगमार बर्गमान र फ्रान्सेली लेखक सिल्भाँले लेखेका नेवा संस्कृति , लोक गीत र भाषाका वारेका पुस्तक बजारमा अहिले पनि पाइन्छ ।

नेवार जाति हो, नेवाः राष्ट्र चिनाउने भाषा हो
संयुक्त राष्ट्र संघको बडा पत्रमा नेपालको राष्ट्रभाषा नेवारी र नेपालको मौलिक लिपि रञ्जना भनेर तत्कालीन शाही शासक महेन्द्रले स्वयम्ले उल्लेख गरेका छन् । धेरैलाई थाह नहुन सक्छ , भारत पाकिस्तान विभाजन हुने अन्तिम मिटिँग शिमला हाउसमा भएको वेलाको रात पाकिस्तानका तर्फबाट तीन कडा प्रस्ताव राखेका थिए , जसलाई भारतका हुनेवाला प्रधानमन्त्री पंडित नेहरुले घुँडा टेकेर समर्थन गरे , त्यसमा एक थियो , यो वार्ता सकेर निस्किँदा म नेहरु निस्किने ढोकाबाट निस्किन्नँ , मलाई नयाँ ढोका बनाइदिनू । हामी उर्दू भाषा र लिपि लिएर हाम्रो राष्ट्रीय भाषाका रुपमा लिएर जान्छौँ । भारतले बोल्दै आएको पुरानो भाषा र लिपि पाकिस्तानले लगेपछि नागरी लिपि (जसलाई देवनागरी पनि भनिन्छ) हिन्दुस्तानले आफ्नो बनायो , हिन्दी बनाउन पाएन । यसको प्रत्यक्ष प्रभाव नेपाललाई पर्यो , भारतले देवनागरी र हिन्दी आफ्नो भाषाका रुपमा दर्ता गरेपछि नेपालका शासक इतिहासका शरणमा परे र नेवारी भाषालाई राष्ट्रीय भाषामा अपनाउन बाध्य भए ।

तर हेप्न र दबाउन पनि छोडेनन् , पञ्चायतमा त झन बढी नै दमन भयो । देशमा गणतन्त्र आएपछि पनि यो भाषाको सम्मान हुनुको कता कता अपमान हुँदै गएको देखिन्छ ।

नेवा संस्कृति हो , सभ्यता हो जातियता होइन । भारतबाट एक अतिथिका रुपमा वहिदा रहमान नेपाल आउँदा उनले राजदूतावासका अधिकारीलाई ‘नेपालको मौलिक खाना खुवाउ’ भनिन् । राजदूतावासका कर्मचारीले रेष्टुराँमा लगेर दाल भात खुवाए । तिनले भोलि पल्ट टेलिभिनको एउटा अन्तर्वार्तामा गुनासो गरिन् , ‘यो त भारतकै खाना भयो नि नेपालको आफ्नो खाना छैन ?’ अन्तर्वार्ता प्रसारण भएपछि एम्बेसीवालाको बुद्धिको ढक्कन खुल्यो र नेवारी सम्यः बजी खुवाए । भन्नै पर्छ , नेपालको संस्कृति एकछिन त्यहाँ पनि बाँच्यो । अस्ति भन्दा अघिल्लो पटक भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीका छोरा राहुल गान्धी नेपाल आउँदा उनले भुतु (भान्साघर) मा गएर सम्यः बजी नै खाए र यो भारतीय मिडियामा कति भाइरल भो , सर्वजनीन नै छ ।

आज पनि नेपाल र नेपालीलाई चिनाउने भन्ने वित्तिकै नेवारी संस्कृति र नेवा सभ्यताको कुरा अगाडि सारिन्छ तर थाह नपाउने गरी काठमान्डूको नेवारलाई गाली पनि गरिन्छ , सन्दर्भ एक (काठमान्डूका नेवारले तराईको मधेशीलाई ‘मनु मखु मस्र्या भन्छ’ भनेर कुरा उठाइन्छ । यो सरासर गलत हो , यो कुनै नेवारले भनेको नभइकन एक पन्त थरका हास्य कलाकारले एउटा कमेडी सिरीयल ‘हिले माछा’ मा प्रहर्सन बनाइएको थियो र पञ्चायत कालको राष्ट्रीय टेलिभिजनबाट प्रसारण गरियो, सर्वव्यापी भयो । यसमा सिरीयल बनाउने , सिरीयल पास गर्ने अनि टेलिभिजनका हाकिम साहबको नियतको खोट छ, नेवारको होइन । तर अहिले सम्म अन्जान रुपमा नेवारलाई दोषी बनाइएको छ । यसमा कुनै नेवार लेखक वा संस्कृतिकर्मीले जागरुकता देखाएनन् ।

नेवारहरु बोलेनन् , तर नेवार लेखक कलाकार जो शक्तिले माथि पुगे ती काठमाडौंका छैनन् काठमाडौं उपत्यका बाहिरका छन् जो आफैँ नेवार भाषा जान्दैनन् , बोल्दैनन् र नेवा संस्कृति जान्दैनन् तीबाट के अपेक्षा गर्नु ।

काठमाडौंबाट प्रकाशित हुने छ ओटा दैनिक पत्रिकामा कहिले नेवारभाषी सम्पादक हुन पाएनन् , कसले संरक्षण वा सुरक्षा गर्ने ? जानेर बुझेर कुन टेलिभिजनमा नेवारभाषी व्यक्ति सीइओ वा जीएम भए ? यो विडम्बना त छँदैछ ।

नेवार र नेवा: संस्कृतिलाई पञ्चायतकाल शुरु भएदेखि नै अलि बढी दबाब र व्यँङ्ग गरिएको पाइन्छ , विशेषतः मुख बँग्याएर ट ट म म गरेर बोलेपछि कमेडी मान्ने परम्परा । अघि त्यति थिएन , यसपछि बढ्दै गयो , बढ्नुको प्रमुख कारण काठमाडौंको मौनता ।

एउटा उदाहरण लिउँ , ०४५ सालको भूकम्पमा पीडितको सहायतार्थ गरिएको एउटा कार्यक्रममा पन्त थरका ती कलाकारले तराईका एक मन्त्रीको नक्कल गर्दा तत्कालीन सञ्चारमन्त्री थाहरुले ती कलाकारलाई व्यान्ड गर्नुपर्छ भने पछि सारा कलाकार एक भएर ती पन्तमाथि शोषण गरे तर त्यो पन्तको समर्थनमा एक्ला नारायणगोपाल मात्र उठे । त्यसपपछि नारायणगोपालका विरुद्ध पत्रपत्रिका खनिए , उनलाई जाँड सम्राट भनियो , रक्सी खाएर गीत गाउने भनियो , अशुद्ध गाउने भनियो त्यो आजसम्म जारी छ । कैँयौ कलाकार रक्सी खाएर झगडा गरेको इतिहास छ , रक्सी खाएर कुटाइ खाएको इतिहास छ तर नारायणगोपाललाई चैँ बदनाम गरियो अरु त अरु नारायणगोापलकै विरुद्ध नेवारहरु लागे किन भन्दा नारायणगोापलले खस भाषाको नेपाली गीत धेरै गाए , नेवारभाषाको गीत गाएनन् भनेर । त्यस्तो नारायणगोपाललाई पनि खेद्न छोडेनन् , दार्जीलिँगको डुवर्सबाट आएका गायकले नारायणगोपालले स र श छुट्याउन जान्दैन सम्म भने । यस्ता धेरै विडम्बना र विवादहरु छन् , कारण नेवारको सहनशीलता नै हो ।

नेवारी संस्कृतिमा कठोरता भन्दा कोमलता छ , यो विश्वव्यापी कुरा हो । विश्वका धेरै राष्ट्रको राजधानीको आफ्नै मौलिक जात्रा वा पर्व छैन , जापानको टोकियोको छोडेर तर काठमाडौं एउटा यस्तो राजधानी हो यसको आफ्नो मौलिक पर्व छ हाम्रो छिमेकी मुलुक भारतको राजधानी दिल्लीको आफ्नो पर्व के हो ? छैन । बरु कलकत्ताको छ , पञ्जाबको छ । राजधानी भएर सांस्कृतिक हुने सौभाग्य काठमाडौंले मात्र पाएको न्यूयोर्क वा लण्डनले पाएको छैन ।

नेवाः संस्कृति र यसको कोमलतालाई बुझौँ
काठमाडौंका नेवारले महाराष्ट्रका मराठीले जस्तो बाहिरीया खेदौँ भन्ने अभियान थाल्यो भने अर्को विपद आइपर्छ । काठमाडौंका मेयर बालेन्द्र साहले अहिले चालेको कदम नेवा संस्कृति बचाऔँको एउटा अभियान पनि हो , एमाले , माले , काँग्रेस , माओवादी वा राजाले कति नेवार संस्कृतिका नाममा अभद्रता ल्याएका रहेछन् अहिले त देखियो नि ।

पुनश्चः यो विवाद यति चरममा पुगेर सांस्कृतिक खलल (अशनि संकेत) आइसक्न लाग्दा पनि नेपालका प्रतिष्ठित, सम्मानित , माला धेरै लगाएका हास्यकलाकारहरुको अभिव्यक्ति नआउनु आफैँमा हास्यास्पद कुरा हो ।

 

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ९ : ५९ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ