१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेवा: संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम



पोखरा । नेवाः संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ पोखरामा पहिलोपटक धिमे नाच र धिमे बाजा बजाउने तालिम दिइएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका(३ को सहयोगमा ४० जना युुवायुुवतीलाई १५ दिन तालिम दिइएको हो ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार संस्कृति प्रवद्र्धन र संरक्षणको लागि युवालाई पोखरामै पहिलोपटक धिमे नाच र बाजाको तालिम दिइएको बताए ।

नेवाः मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनजागृत गरेको उल्लेख गर्दै उनले नाचलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाइराख्न सकेमात्र पहिचान कायम रहने बताए ।

नेवाः खलः, नेवा ल्याम्ह पुचः, नेवा पत्रकार तथा मिसा पुचहरूको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण भएको बताउँदै उनले संस्कृतिको जगेर्ना आवश्यक भएको उल्लेख गरे ।

नेवा मिसा पुचः कास्कीका अध्यक्ष सङ्गीता बज्राचार्यले तालिमका सिकाइलाई व्यवहारमा उतार्न निरन्तरको अभ्यास आवश्यक रहेको बताइन् । प्रशिक्षार्थीलाई विकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ०९ बजे

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य