६ श्रावण २०८३, बुधबार | July 22, 2026

जमिनमा धाँजा फाट्दा पर्वतका पाँच परिवार विस्थापित, गाउँ नै जोखिममा



पर्वत । जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् ।

गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।

पहिरोले नजिकैका घर जतिबेला पनि खरतामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । पहिरोले घर तथा आँगन चर्किएको छ ।

“गत वर्ष पहिरो सुरु भएको हो । अहिले पनि थप पहिरो बढेकाले हरेक वर्ष जमिनमा क्षति हुने क्रम बढेको छ । गत वर्ष नै आएका प्राविधिकले त्यस क्षेत्रभन्दा माथि रहेको बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका रहेछन्”, उनले भने, “जमिन फाट्न सुरु गरेपछि त्यो सुझाव आए पनि त्यति छिट्टै सरिहाल्न पनि गाउँलेलाई समस्या नै हुन्छ । बस्ती सरेको छैन तर जमिनमा धाँजा फाट्ने र बग्ने क्रम बढेको छ ।”

जमिनको तल्लो आधार तहबाट पूरै फाटेका कारण माटो बग्दै जाँदा रुख र फलफूलका रुखहरू पनि ढलेका छन् । ठूलो क्षेत्रमा पहिरो सुरु भएकाले संरचना निर्माण गरेर वा ग्याबियन जाली भरेर पनि पहिरो रोकिने अवस्था नभएको अध्यक्ष आचार्यले बताए। पहिरो बढ्दै गए त्यो भन्दा माथिका सयौँ घर विस्थापित हुने अवस्था छ । पहिरो गाउँभन्दा तलबाट सुरु भएका कारण माथिका सबै घर पहिरामा पर्ने जोखिम रहेको आचार्यले बताए ।

तत्कालीनसमयमा पहिरो नियन्त्रणमा राख्न गाउँपालिकाबाट प्राविधिक र जनप्रतिनिधि गएर अवलोकन गरेर छलफल भएको छ । बग्दै गरेको जमिनमा थप क्षति हुन नदिन तत्कालीनरूपमा वर्षाका कारण बगेर आउने पानीलाई पहिरामा पस्न नदिन भल काटेर पहिरामा नपर्ने गरी तर्काउन सकिने देखिएको छ । बग्दै आएको पानीका लागि नहरजस्तो बनाएर पाइप जडान गरी एकातर्फको सुरक्षित ठाउँमा फाल्न प्राविधिकले सुझाव दिएकाले त्यसैअनुसार बाढी तर्काउने योजना गाउँपालिकाले बनाएको छ ।

फाटेको जमिन केही हदसम्म रोक्न सक्ने घाँस पाइने भन्ने प्राविधिक सञ्जालमार्फत थाहा पाएपछि सर्लाही जिल्लाबाट उक्त घाँस ल्याएर पहिरोमा रोप्ने विकल्पबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यको भनाइ छ । जुन उपाय अपनाएर बस्तीलाई सुरक्षित राख्न सकिन्छ तत्काललाई काम गर्ने र दीर्घकालीनरूपमा जोखिम कायमै हुने भएकाले बस्ती सुरक्षित राख्न सकिने उपायबारे गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने उनले बताए ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  १ : ०२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं