८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

बुटवलको बेलवासमा सवारी दुर्घटना, बाबु छोराकोे मृत्यु



बुटवल । बुटवलको बेलवासमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । अपरान्ह ३ः३० बजे भएको दुर्घटनामा परि रुपन्देही बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५/६ वर्षिय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाईल र बिपरित दिशाबाट आउदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल पश्चिमबाट पुर्ब तर्फ जादै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा मोटरसाईकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको पनि प्रहरीले जानकारी दिएको छ । सोही मोटरसाइकलको पछाडी सवार १५ वर्षिय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षिय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ०७ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले