१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

डेंगुबाट नेपालमा दोस्रो मृत्यु, कैलालीमा डेंगुबाट एक महिलाको मृत्यु



धनगढी । नेपालमा डेंगु ज्वरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आज कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको हो । आज मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकीछन् । अघिल्लो सातामात्र रुपन्देहीको बुटवलमा एक पुरुषयको डेंगुका कारण मृत्यु भएको थियो ।

निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरी अरेष्टबाट मृतक शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो । उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

साउन महिनायता कैलालीसहित देशभरका ७० जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही दोस्रो व्यक्ति हुन् ।

यस वर्ष हालसम्म नेपालमा दुई हजार पाँच सय ३९ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ । गत वर्ष पनि कैलालीको लम्की चुहामा एक सय ३३ जना डेंगुका बिरामी देखा परेका थिए । खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘परीक्षण गर्न किट महँगो छ, हामीसँग किटको अभाव भएकाले परीक्षणको दायरा बढाउन सकेका छैनौँ, माथिल्लो निकायमा पत्राचार गरेका छौँ ।’ धामीले भने ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ११ : ०३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित