२ चैत्र २०८२, सोमबार | March 17, 2026

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै



कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।

सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडीले सहभागिता जनाएकामा प्रादेशिक प्रतियोगितामा सो सङ्ख्यामा खेलाडी र व्यवस्थापक छनोट भएका हुन् । प्रत्येक खेलमा एक जना प्रशिक्षक र एक जना व्यवस्थापक राखिएको छ ।

प्रादेशिक छनोट प्रतियोगितामा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने सवैभन्दा कम मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेछ । भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगितामा कास्कीबाट ६७३ खेलाडी छनोट भएका छन् । परिषद्का अनुसार मुस्ताङबाट १६६, म्याग्दी २८३, बागलुङ ३६१, पर्वत २२३, स्याङ्जा ३४७ र तनहुँबाट ३०३ खेलाडी प्रादेशिक छनोटमा परेका छन् ।

यसैगरी लमजुङबाट २१३, गोरखा २३०,मनाङ ४६ र नवलपुरबाट ३७८ खेलाडीले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने निश्चित भएको छ ।

प्रदेशस्तरीय खेलमा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्धितीय र तृतीय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा गण्डकीबाट ७०९ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ४०४ इभेन्टमा ४११ पुरुष र २९८ महिला खेलाडीहरुको सहभागिता रहने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए । जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान परिषद्को छ । सो रकम विशेष प्रशिक्षण, जिल्ला छनोट, प्रदेश छनोट, खेलाडी बन्द प्रशिक्षण, खेलकुद सामग्री खरीदमा खर्च हुने बताइन्छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ६ : ३२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित