३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध



चितवन । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

आज बिहान साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा सडकमा लेदो र पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसले गर्दा सडक अवरुद्ध भएको छ । सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।

मंगलबार राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर बुधबार दिउसो सडक सञ्चालनमा आएको थियो। आज फेरि पहिरो गएको हो ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ८ : ११ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर