१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भैरहवा सेजका सबै प्लटमा उद्योग स्थापना गर्ने सम्झौता



भैरहवा । देशमन रुग्ण तथा नेपाली बजारमा उत्पादन भएका र विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न उद्देश्यले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भयो । मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको भैरहवा सेज ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा प्लट रहे पनि हाल जम्मा सात वटा मात्रै उद्योग सञ्चालनमा छन् ।

सेज प्राधिकरणले ६८ वटा प्लटमध्ये खाली प्लटका लागि उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पेस गर्न व्यवसायीलाई सूचना जारी गरेको थियो । १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा मागभन्दा धेरै ५५ वटा प्लटका लागि आवेदन आएको थियो । सेज निर्माण सुरू भएको १० वर्षपछि हाल आएर पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । उद्योगलाई अनुमति दिएपछि सम्झौता भएको हो । सम्झौता गरेको डेढ बर्षभित्र उद्योग स्थापना गरी सञ्चालनमा गरिसक्नुपर्छ ।

सेजमा बाँकी रहेका प्लटमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका छन् । उनीहरूले उद्योग सञ्चालन गर्नका लागि सम्झौता पनि गरिसकेका छन् । यो क्षेत्रमा स्थापना हुने उद्योगहरूको लागि प्रारम्भिक आधारभुत विकास निर्माण नेपाल सरकारले नै गर्छ ।

दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योग आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण ९सेज० कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । भैरहवा सेजका सबै प्लट भरिएको छ, सेजमा हाल सात वटा उद्योगले तीन अर्बको लगानी गरेर चार सयलाई रोजगारी प्रदान गरिरहेका छन् । अब आउने उद्योगहरूले नौ अर्ब लगानी पुर्‍याउने भट्टले बताए ।

पछिल्लो पटक सम्झौता गरेका मसला र मार्बल उद्योगले ९० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तीन वटा प्लटका लागि मसला र मार्बल उद्योगले सम्झौता गरेका छन् । सेजमा सबै उद्योग स्थापना हुँदा कम्तिमा ३५ सय जनाले रोजगारी पाउने छन् ।

प्रति वर्ग मिटर एक सय ५० रुपैयाँ भाडा घटाएर २० रुपैयाँ बनाएपछि उद्योगीहरू सेजमा उद्योग सञ्चालन गर्नको लागि रुचि देखाएका हुन् । अहिले अन्यत्र सञ्चालनमा भएका उद्योगका पुराना मेसिन पनि सेजमा सार्न पाउने व्यवस्था पनि गरिएकोले उद्योगीहरू थप आकर्षित भएका हुन् ।

सेजभित्र सञ्चालनमा आएका उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने हुन्छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगको एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासको सम्झौता रहेको छन् । हालसम्म रहेका सात उद्योगले ५० करोड रुपैयाँ बराबरको निकासी गरेका छन् । अब सञ्चालनमा आउने उद्योगहरूले १२ अर्बको निकासी गर्ने अनुमान छ। सरकारले अन्य ठाउँको तुलनामा सस्तो भाडादर ,आयकर छुट, भन्सार छुट, पूर्वाधारको सामूहिक उपयोग लगायत सेवा–सुविधाका कारण सेजमा खुल्ने उद्योगहरूको लागत घट्ने विश्वास छ । लागत कम भएपछि नेपाली उद्योगीहरूको प्रतिस्पर्धी क्षमता बढेर निर्यात पनि बढ्ने छ ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले सेजभित्रका उद्योगहरूमा विद्युत्, पानी र पानीको निकासको समस्या फेरि सुरु भएको गुनासो गरे । उनले भने, ‘हामी आफैले विद्युत् विस्तार र पानीको लागि बोरिङ राख्नु पर्ने अवस्था छ । विद्युत् नहुँदा कतिपय बेला जेनरेटर चलाएर काम गर्दा उत्पादनमा लगानी समेत वृद्धि हुन्छ ।’ यहाँका उद्योगीहरूको सेज गरेका सम्झौताअनुसार पूर्वधारको काम, बैंक काउन्टर आदिमा ध्यान दिनु पर्ने माग गरेका छन् ।

सेजमा सुरूमा एलइडी लाइट, पाटी टङ्की, हर्बल आदिका उद्योगहरू रहेका थिए । अहिले सेजमा सात वटा उद्योग सञ्चालनमा छन् । जय बुद्ध मेटल क्राफ्ट, पन्चकन्या स्टिल ट्यांक, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्श, तिरुपती मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरि सात वटा उद्योग सञ्चालनमा छन् ।

अहिले थपिने उद्योगहरुमा प्रेसर कुकर, राइस कुकर, भाडावर्तन, आल्मुनियमका डिस्पोजएवल प्याकेट, ट्वाइलेट पेपर, टिस्युपेपर, जडिबुटी, ढुंगा कुदेर मूर्ति बनाउने, कवाडलाई प्रशोधन गरेर धातु बनाउने, कन्डक्सन चुल्हो, सिमेन्टको बोर्ड बनाउने, छालाको सामान उत्पादन, गार्मेन्ट, फर्निचरलगायतका वस्तु उत्पादन गर्नेछन् ।

रुपन्देहीको रोहिणी गाउँपलिका–१ बगहामा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्र वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैंचा तथा उनि सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योग छन् ।

५२ बिगाहामा फैलिएको सेजले विशेषगरि नेपालको जिडिपीमा योगदान गर्ने, व्यापार घाटालाई कम गर्न, स्थानीय र स्वदेशमा रोजगारी प्रदान गर्न, आयातलाई घटाउँदै निर्यात गर्न सेजको अवधारण आएकोले हो ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : २९ बजे

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका