१० पुस २०८२, बिहिबार | December 25, 2025

गठबन्धनले दुई दिनभित्रमा सिट बाँडफाँट मिलाउन सक्छ ?



काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरु ‘सकस’ मा परेका छन् ।

गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरुले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदलनै बनाएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विभिन्न चरणमा छलफल गरेको भए पनि सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन । सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भए पनि त्यसलाई टुंगोमा पुर्‍याउन सकेका छैनन् । चाँडै सिट बाँडफाँट टुंगोमा पुर्‍याएर चुनावमा होमिनु पर्ने भए पनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ ।

बिहीबार बिहान देखि राति १० बजेसम्म शीर्ष दलका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरे पनि सहमति जुट्न सकेको छन् ।

नेपाली कांग्रेसले १०० सिटलाई बटमलाईन बनाएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको आ(आफ्नो दाबी सिट संख्यामा हुँदा कुरा मिल्न सकेको छैन ।

वैशाखमा सम्पन्न स्थानी तह चुनावमा प्राप्त मत र क्षत्रगत रुपमा दलको प्रभाव हेरेर सिट बाँडफाँट गर्नुपर्ने र कांग्रेले धेरै छाड्दा गठबन्धनलाई घाटा हुने तर्क कांग्रेसको रहेको छ ।

दुई दिनमा टुंगो लाग्ला ?

बिहीबार दिनभर बसेको गठबन्धनको बैठकले दुई दिनभित्रमा सिट बाँडफाँट सक्ने सहमति जुटाएको छ । बैठकले आगामी दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्ने भन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ । यसमा सबै दल सहमत रहेकाले दुई दिनमा टुंगोमा पुग्ने उनको दाबी छ ।

उनका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रुपमा सिट दिने गरी छलफल भएको छ ।

तर, उनले भनेजस्तो सहज अवस्था भन गठबन्धनमा देखिएको छैन । दुई दिनको समयमा दलहरुले आन्तरिक छलफल गरेर टुंगोमा पुग्ने नेताहरुको दाबी छ । तर कांग्रेसका एक नेताले दुई दिनभित्र टुंगो लाग्ने सम्भावना न्यून रहेको बताए । ‘कांग्रेसको अवस्था अन्य दलको भन्दा निकै बलियो छ । यस हिसाबले कांग्रेसले धेरै छाडेर अरुलाई धेरै दिन सक्ने कुरा हुँदैन । फाइदा नहुने भए अरु पनि किन गर्ने भन्ने होलान्’ उनले भने, ‘त्यसले स्थानीय चुनाव जस्तै अन्तिम तिर टुंगो लाग्ने होला !’

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ८ : १८ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु