२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

वनमन्त्री यादवद्वारा भ्लादिभोस्तोक भ्रमण रद्द



काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गरेकाछन् ।

मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण कार्य गर्न बाँकी रहेको उल्लेख गर्दै मन्त्री यादवले बाघ सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भ्रमण रद्द गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक’को नेतृत्व मन्त्री यादवले गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले मन्त्री यादवसहित मन्त्रालयका सचिव डा पेमनारायण कँडेल र निकुञ्ज विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेलको भ्लादिभोस्तक भ्रमण स्वीकृत गरेको थियो ।

राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्लादिभोस्तकमा सक्रिय सहभागिता जनाउन वन तथा वातावरण मन्त्रालयलाई यसअघि नै निर्देशन दिएका थिए। बाघ सम्मेलनमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित बाघ संरक्षण तथा अनुसन्धानमा सहयोगी प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ११ : ०० बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा