१० पुस २०८२, बिहिबार | December 25, 2025

मुगु कांग्रेस सभापति शाही सर्वसम्मत सिफारिस



मुगु । नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल , महिला समानुपातिक धनसिला मल्ल , र खुल्ला समानुपातिक मिन भामलाई सिफारिस गरेको हो ।

यस्तै कर्णाली प्रदेश सभा क , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल , हरिजंग शाही , तिलक बहादुर मल्ल लाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो ।

प्रदेश समानुपातिकतर्फ सुर्यदेवि मल्ल महिला र पिछडिएको क्षेत्र , पदम रावल खस आर्य , लक्ष्मि रावत महिला खस आर्य , भिम तिरुवा दलित , च्यावा लामा जनजाति , फुन्जोक लामा जनजाति , रमाईलि रावल ख्ला , र खुम्मेनी विक दलित महिलाको लागि समानुपातिकतर्फ नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए ।

साथै प्रदेशसभा ख अन्तर्गत प्रत्यक्षतर्फ खड्क बहादुर शाही , रतन बहादुर शाही , र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी खस आर्य पिछडिएको क्षेत्र , महेश गिरी अपाङ्ग , रुपकर्ण शाही महिला , गोमा गिरी महिला , लोक बहादुर शाही खस आर्यबाट सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

निर्वाचन क्षेत्र अनुसार प्रदेश क अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका पर्छन भने प्रदेश ख, अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : १० बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु