१० पुस २०८२, बिहिबार | December 25, 2025

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।

आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए ।

महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उनको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताए ।

“मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ”, उनले भने । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  २ : ४१ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न