२० मंसिर २०८२, शनिबार | December 6, 2025

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी



चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् ।

नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक रु तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले बताए । पटक-पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा करोडौं मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको जनाइएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो । प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न रु २० लाख बजेट विनियोजन गरेका थिए ।

उनले भने, “बजेट व्यवस्था गरिएको भए पनि उद्योग सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष हो । ”ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ०५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले