२० मंसिर २०८२, शनिबार | December 6, 2025

चितवन गोल्डकपमा १० टिम सहभागी हुने



चितवन । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल ९एपिएफ०, मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने उनचितवन गोल्डकपले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको छ । चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माणको काम भइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको प्रवद्र्धकका रूपमा चितवन जिल्ला फुटबल सङ्घ रहेको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ०८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले