१० पुस २०८२, बिहिबार | December 25, 2025

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा कार्कीले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गरे ।

मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताए । “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उनले भने ।

आगामी मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । फरक प्रसङ्गमा उनले अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन तथा दक्षिण एसियाकै धनी राष्ट्र बनाउन आफूहरूले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ११ : ४१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु