६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

विवादित राज कुन्द्राले बिग बोसमा सहभागिता जनाउने



एजेन्सी । अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् ।

समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ । राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन् । राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देशको अगाडि आउनुपर्ने सोचिरहेकाले उनी शोमा जान लालयित छन् ।

राजभन्दा अघि ‘बिग बोस’ को पछिल्लो सिजनमा शिल्पाकी बहिनी अर्थात राजको साली शमिता प्रतिष्पर्धी थिइन् । शमिता पहिला बिग बोस ओटीटीको हिस्सा थिइन् । यसपछि उनी बिग बोस १५ मा प्रतिष्पर्धी भइन् । उनको प्रस्तुतिलाई दर्शकले निकै मनपराएका थिए ।

राज पछिल्लो समयमा विवादमा तानिएका थिए । खास गरी पोर्नोग्राफी केसमा उनी मुछिएपछि जेलको हावा पनि खानु परेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १२ : १० बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन