८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

ट्राफिक प्रहरीको ब्ल्याक एण्ड ह्वाईट अप्रेशन : ३ घण्टामा ७ सय ४० जना कारवाहीमा



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज देखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाईट अप्रेशन शुरु गरेको छ । आज मध्यान्ह १२ बजे देखी दिउँसो ३ बजे सम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो ।

चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना , तिव्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लङघन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरु कारवाहिमा परेका छन् । भाडाका सवारी साधनहरुमा धेरै यात्रुहरुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरुले ट्राफिक नियम उल्लङघन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षती हुने सम्भावना रहेकोले सम्भाबित दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

साथै आगामी दिनमा पनि ब्ल्याक एण्ड ह्वाईट अप्रेशनले निरन्तरता पाउने प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ५२ बजे

उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७