१० पुस २०८२, बिहिबार | December 25, 2025

एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल हुन्छ : डा. भट्टराई



सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । पार्टीका अध्यक्ष डा. भट्टराई दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभर दौड्धुपमा क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका हुन् ।

डा. भट्टराईले पार्टीले दुई वटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताए । ‘मसँगै सहअध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेश तिर हिँडेका छौं । अन्य साथीहरू पूर्व तिरका हिँडेका छन् । हामी चुनावी दौडान मै कर्णाली पुगेका हौं,’ उनले भने ।

केही प्राविधिक कारणले मात्रै नयाँ पार्टी गठन गरेर यो अवस्थामा पुगेको उनले बताए । ‘हामीले लक्ष्य फेरेका छैनौं, समावेशिता, संघीयता, सुशासन सम्वृद्धिसहतिको समाजवादको लक्ष्य हाम्रो पार्टीको लक्ष्य हो । हामीले नयाँ शक्तिदेखि आज नेपाल समाजवादीमा आउँदासम्म पनि लक्ष्य उही नै छ । पार्टीका नाम विभिन्न पक्षसँग धुव्रिकरण गर्ने क्रममा फेरिए पनि लक्ष्य फेरिएका छैनन्,’ उनले भने ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ०१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु