१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवलमा रात्रीकालिन बजार सञ्चालन गर्ने विषयमा व्यवसायिक संघसंस्थाबीच छलफल



बुटवल । रात्रीकालिन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रुपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डको मस्यौदामाथी बुटवलका व्यवसायिक संघसंस्थाहरुले छलफल गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुले रात्रीकालिन बजार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुको साथै सुरक्षा समितिले बनाएको बजार सञ्चालन मापदण्डका विषयमा अन्तरक्रिया गरेका हुन् । जिल्ला सुरक्षा समितिले रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा बनाएर व्यवसायिक संघसंस्थाहरुलाई छलफल गरी सुझाव दिन आग्रह गरेकोे थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीसंगै ओरालो लागेको व्यापार व्यवसाय मुलुकमा उत्पन्न भएको आर्थिक मन्दीले झनै धाराशाही भएको र व्यवसायीहरुलाई टिकाउन र यहाँको बजार चलायमान बनाउन सकिन्छ की भनेर रात्रीकानि बजारको अवधारणा ल्याईएको बताए ।

अन्तरक्रिया कार्यक्रममा रात्रीकालिन बजार पहल पैरवी समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रतिक पोखरेलले सुरक्षा समितिले तयार गरेको बजार सञ्चालन मापदण्ड मस्यौदाका विषयमा प्रकाश पार्दै रात्रीकालिन व्यवसाय सञ्चालन गरियो भने यसका माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउन सकिने र त्यसका माध्यमबाट बजार पनि चलायमान हुने र व्यापार व्यवसाय पनि प्रवद्र्धन हुने बताए ।

बुटवल उद्योग वाणिज्य संघले बुटवलको अमरपथ र कालिका पथमा रात्रीकालिन बजार सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
कार्यक्रममा व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरुले रात्रिकालिन बजारको अवधारणा राम्रो भएको बताउँदै शान्ति सुरक्षाका विषयमा स्वयम व्यवसायी पनि संवेदनशिल हुनुपर्ने बताएका थिए । तर सुरक्षा समितिले तयार गरेको मापदण्डका कतिपय प्रावधान सुधार गर्नुपर्ने उनीहरुको भनाई छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदिप श्रेष्ठ र वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले रात्रीकालिन व्यवसाय रातीको समयमा सञ्चालन हुने भएकाले शान्ति सुरक्षाको विषयमा प्रहरी प्रशासन मात्रै नभएर स्वयम् व्यवसायी पनि संवेदनशिल हुनुपर्ने भनाई राखे । त्यस्तै सिसिटिभि, लाईट अनिवार्य रहेको बताउँदै त्यो कसले राख्ने र त्यसको मोनिटरिङ् कसले गर्ने भन्ने विषयमा पहिले नै प्रष्ट हुनुपर्ने उनीहरुले बताए ।

होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले उद्योग वाणिज्य संघले गरेको यो पहल सर्हानीय रहेको बताउँदै यो कार्यक्रम सञ्चालन गर्न सकियो भने देशमै उदाहरणीय हुने बताए । उनले शान्ति सुरक्षाको दृष्टिकोणले पनि होटल व्यवसायीले पहिले आफ्ना व्यवसायलाई व्यवस्थित गर्ने र सुरक्षा समितिले बनाएको मापदण्डको अक्षरस पालना गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नाटा लुम्बिनी प्रदेश सहित यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरु होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरु तथा संघका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

सोही अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका घरधनीसंग बहाल भाडा सके घटाउन र नसके नबढाउन आग्रह गरिएको छ । कोरोना महामारी पछि व्यापार व्यवसाय घट्दो क्रममा रहेकाले व्यापार व्यवसाय बचाउनको लागि पनि घर भाडा घटाउन आग्रह गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  १० : ३५ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण