११ भदौ २०८३, बिहिबार | August 27, 2026

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता



बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा परेको असर नेपालमा समेत देखिन थालेको भन्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा बाह्य परिस्थितिको प्रभावले इन्धन आपूर्ति, मूल्य स्थिरता तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्न थालेको उल्लेख गर्दै संघले पछिल्ला केही दिनयता बुटवलसहित देशका विभिन्न स्थानमा इन्धन आपूर्तिमा समस्या देखिन थालेकोमा चिन्ता व्यक्त गरेको हो ।

संघले मंगलबार प्रेस विज्ञप्ती जारी गरि इन्धन आपूर्तिमा आएको असहजताले यातायात, उद्योग, व्यापार तथा दैनिक जनजीवनमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढेको जनाएको छ । यस्तो अवस्थामा आपूर्ति प्रणालीलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारलाई सम्बन्धित निकायमार्फत इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउँदै समन्वय, अनुगमन र नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । साथै, इन्धन व्यवसायीलाई कृत्रिम अभाव सिर्जना नगर्न र निर्धारण गरिएको मापदण्ड, मूल्य तथा गुणस्तर कायम गर्न अपिल गरिएको छ ।

उपभोक्ताहरूलाई पनि अनावश्यक सञ्चिति नगर्न, आवश्यक मात्रामा मात्रै इन्धन प्रयोग गर्न र सम्भव भएसम्म वैकल्पिक ऊर्जातर्फ उन्मुख हुन आग्रह गरिएको छ । संघले यस विषम परिस्थितिमा सम्बन्धित पक्षहरूसँग सहकार्य गर्दै इन्धन आपूर्ति तथा वितरण प्रणालीलाई सहज बनाउन आवश्यक सहयोग, सहजीकरण र अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ५ : ३७ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक