२० मंसिर २०८२, शनिबार | December 6, 2025

बजारका सार्वजनिक शौचालय प्रयोगविहीन



दोधारा । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेको हो । बजार क्षेत्रमा रहेका पाँच वटा शौचालयमध्ये एउटा शौचालय मात्रै सञ्चालनमा छ । अन्य प्रयोगविहीन छन् ।

बजारमा सार्वजनिक शौचालय नहुँदा सरसमान किन्न तथा विभिन्न काम विशेषले बजार क्षेत्रमा आउने मानिसहरुले निकै कष्ट भोग्नुपरेको छ । सार्वजनिक शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले बेवास्ता गर्दा बजारका सार्वजनिक शौचालय केही व्यवसायीहरुले निजी प्रयोगमा ल्याएको गुनासो स्थानीयवासीले गरेका छन् ।

शौचालय व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भए पनि नगरपालिकाले बेवास्ता गर्दै आएको स्थानीयवासी एकेन्द्र भट्टले बताए । “बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन्, केही यहाँका व्यवसायीले प्रयोग गरेका छन्”, उनले भने, “काम विशेषले बजार आएका मान्छे समस्यामा पर्ने गरेका छन् ।” महेन्द्रनगरस्थित खुलामञ्चमा हरेक दिन देउडा खेल हुने गरेको छ । देउडा खेल्न महेन्द्रनगर आउने मान्छे सार्वजनिक शौचालय नहुँदा समस्यामा पर्ने गरेको उनले बताए ।

यहाँका सरसफाइ अभियन्ता हेल्प नेपालका अध्यक्ष मदन चन्दले बजारमा सार्वजनिक शौचालय हुँदाहुँदै पनि नगरपालिकाले व्यवस्थितरूपमा सञ्चालन गर्न नसकेको बताए । “बजारमा रहेका केही शौचालय व्यक्तिले कब्जा गरेका छन्, केही बन्द छन्”, उनले भने, “यी शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले पहल गर्नुपर्छ ।”

नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले शौचालय सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्न नसक्दा बन्द भएको बताए । “शौचालय सञ्चालनका लागि नगरपालिकाले कर्मचारी राख्नुपर्छ, एक जनाले हुँदैन, दुई जना चाहिन्छ, त्यसले नगरपालिकालाई आर्थिक भार थपिन्छ”, उनले भने, “नगरपालिकाले ठेक्का र भाडामा दिन खोजेको हो कसैले लिएन ।” केही शौचालय स्थनीयवासी व्यवसायिले प्रयोग गरेको उनले बताए ।

“नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा व्यवसायीहरुले नै सञ्चालन गरेका छन्, शौचालयको मर्मतसम्भार पनि व्यवसायीहरुले नै गरेका छन् ”, उनले भने, “शौचालय सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले पहल गरिराखेको छ ।” बजार क्षेत्रमा शौचालय नहुँदा खुलारूपमा दिसापिसाब गर्नुपर्ने अवस्था आउँदा सहरबजारको वातावरण दुर्गन्धित हुँदै गएको यहाँका स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ७ : ०१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले