२६ पुस २०८२, शनिबार | January 10, 2026

काठमाडौं प्रहरीले भन्यो – सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी छ



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ ।

परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।’

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ११ : ०७ बजे

आन्दोलनको नाममा द ब्रिटिश कलेजसँग विद्यार्थीले २ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलासा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा द्द जना विद्यार्थीले

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ । स्याङ्जाको भीरकोट-७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौं । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौं । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु