३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा



मुगु । कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए ।

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको उनको भनाइ छ ।

घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, मुगु मकार्मा रोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालगायत सहभागी थिए ।

 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ९ : ११ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै