४ पुस २०८२, शुक्रबार | December 20, 2025

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९६ जना चालकमाथि कारवाही



काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६ जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको