२० मंसिर २०८२, शनिबार | December 6, 2025

डेङ्गुका कारण सुदूरपश्चिममा दुई बालिकाको मृत्यु



धनगढी । सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका-६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ की ५ वर्षीया बालिका रहेकीछन् ।

उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका-४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकीछन् ।

भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । डेङ्‍गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए ।

घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए । दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ ।

दार्चुलामा बिहीबार सम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । डुङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका-१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ८ : ४१ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा