२० मंसिर २०८२, शनिबार | December 6, 2025

सन्दीप लामिछानेले भने – निर्दोष छु, केहि दिनमा देश फर्कनेछु



काठमाडौं । निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्कने भएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट राख्दै सन्दीपले क्यारेवियन प्रिमियर लिग(सिपिएल) छोडेर नेपाल फर्किन लागेको बताएका हुन् । उनले बलात्कार आरोपमा आफू निर्दोष रहेको बताएका छन् ।

‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णत विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केहि दिनमा आफ्नो देश फर्कनेछु ।’ सन्दीपले भने, ‘म आधारहिन आरोपको सामना गर्न तयार छु । निर्दोषले न्याय पाउने छन् । यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ ।’

बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई बलात्कार गरेको भन्ने उजुरी प्रहरी बृत्त गौशालामा दिएकी थिइन् ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ८ : ४४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय