१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा



बारा । नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ ।

विपी जयन्तीको अवसरमा नेबिसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो ।

विपी जयन्तीको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणी गुप्ता, युवा नेता हरिओम पटेल, सुनिल कुशवाहा, सुर्ज पटेल, रामबिहरि पटेल, महिला नेतृ कलावति पासवानलगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागी सबै जिल्ला पार्टी सभापति राजेश यादव पक्षधर हुन । सभापतिकको विपक्षमा फरक गुटमा रहेका नेता कार्यकर्ता नेबिसंघले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथालय आश्रममा आयोजना गरेको कार्यक्रममा सहभागी बनेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजेश रौनियार, मैयाराम यादव, नेबिसंघ बाराका अध्यक्ष राकेश पाणडे, युवा नेता अरबिन्द पटेल र बिनयराज शर्मालगायको सहभागिता थियो ।

उनीहरु सबै सभापती राजेश यादवविरुद्ध उपसभापति मनोज भट्टले नेतृत्व गरेको गुटमा आवद्ध छन् ।

कार्यक्रममा अनाथालयमा आश्रित २५ बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ११ : ३१ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार